नेपालले आईसीसी टी २० विश्वकप अन्तर्गत आज पहिलो खेल खेल्दैछ। नेपालले आज पूर्वविजेता इंग्ल्यान्डसँग खेल्न लागेको हो ।

मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुँदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो ।

विश्वकप अन्तर्गत आज बिहान ११:१५ बजेदेखि समुह डी को अफगानिस्तान र न्यूजील्याण्डबीच खेल हुदैछ भने आजै राति ७:१५ बजेदेखि समुह बि : अन्तर्गतको श्रीलंका र आयरल्याण्डबीच खेल हुने तालिका रहेको छ ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम

Leave a Reply

Your email address will not be published. Required fields are marked *