आर्सनल यस बर्षको लिग कपको फाइनलमा पुगेको छ ।
चेल्सीलाई दोस्रो लेगमा मंगलबार राति १-० ले पराजित गर्दै समग्रमा आर्सनलले ४-२ को नतिजासहित फाइनल यात्रा तय गरेको हो । पहिलो लेगमा आर्सनलले ३-२ ले जितेको थियो ।
घरेलु मैदानमा आर्सनलका लागि काइ हाभर्टेजले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेका हुन् ।
आर्सनलले अब फाइनलमा म्यानचेष्टर सिटीसँग खेल्ने सम्भावना बढी छ । अर्को सेमिफाइनल पहिलो लेगमा सिटीले न्युक्यासललाई २-० ले पराजित गरेको थियो । सिटी र न्युक्यासलबीचको दोस्रो लेग बुधबार हुनेछ ।
आर्सनल ८ बर्षपछि लिग कपको फाइनलमा पुगेको हो । हाल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि पुगिसकेको छ ।
