पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा सतिसाले भेट्रान्स, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा मोरङको विराटचौक भेट्रान्सलाई टाइब्रेकरमा ४-३ पराजित गर्द सतिसाले अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । निर्धारित समयमा सतिसालेका लागि जिवन लिम्बुले गोल गरे भने विराटचौकका लागि पदम बास्तोलाले गोल गरे ।

खेलको म्यान अफ दि म्याच सतिसालेका गोलकिपर चलित्र राई चुनिए । उनले दुई हजार नगद सहित मेडल प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत भोलि बुधबार पथरी भेट्रान्स (निलो), मोरङ र उर्लाबारी भेट्रान्स, मोरङबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

पथरी शनिश्चरे भेट्रान्स एफसीको आयोजनामा जारी प्रतियोगितामा मोरङ र झापाका गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ११ हजार १ एक सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *