फ्रेन्ड्स क्लबले एन्फा राष्ट्रिय लिगमा विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न लिगको पहिलो खेलमा फ्रेन्ड्सले काँक्रेबिहार क्लबलाई ३-१ गोलले पराजित गरेको हो ।

फ्रेन्ड्सको जितका लागि प्रसान्त लक्ष्मण, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गर्दा काँक्रेबिहारले १ गोल आत्मघाती उपहार पाएको हो ।

खेलको शुरुवाती छैठौं मिनेटमै कमल श्रेष्ठमार्फत आत्मघाती गोल हुन पुगेपछि काँक्रेबिहारले खेलमा पहिलो अग्रता लिएको थियो । तर, इन्जुरी समयको दोस्रो मिनेटमा फ्रेन्ड्सका प्रसान्तले गोल गरेपछि खेलको पहिलो हाफमा १-१ को बराबरी भएको थियो ।

त्यसपछि, ५९ औं मिनेटमा प्रवेश र आषिशले ९० औं मिनेटमा १-१ गोल थपेपछि फ्रेन्ड्स सहज जितसहित लिगमा राम्रो शुरुवात गर्ने सफल भयो । जितसँगै फ्रेन्ड्सले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *