Month: २०८२, २७ पुष आईतवार ०८:३९

विश्वआदर्श कलेज च्याम्पियन, तेस्रो अन्तरकलेज टी–२० क्रिकेटको उपाधि इटहरीमै

सुनसरी । तेस्रो संस्करणको अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरीको विश्वआदर्श कलेजले जितेको छ । शनिबार इटहरीमा सम्पन्न फाइनल खेलमा विश्वआदर्शले नमुना कलेजलाई ५१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो…

माघे संक्रान्ती फुटबल : डाँगीहाटलाई हराउँदै नक्सलबारी सेमिफाइनलमा

नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा नक्सलबारी फुटबल क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा नक्सलबारीले डाँगीहाट फुटबल क्लब,…

ललितपुर मेयर कप ब्याडमिन्टनको उपाधि रसिलालाई

चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा विजय हात पार्दै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि रक्षा गरेकी छिन् । तीन पटककी उपाधि विजेता समेत रहेकी महर्जनले चौथो…

हिमरश्मिलाई फुटसल उपाधि

काठमाडौं । हिमरश्मिले आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत सिनियर गर्ल्स फुटसलको उपाधि शनिबार जितेको छ । तार्केश्वर नगरपालिकाको गोल्ढुङगास्थित सिर्जना ज्ञान सागरमा भएको फाइनलमा हिमरश्मिले सिर्जना ज्ञान सागरलाई २–० गोलले पराजित…

पुलिसलाई हराउँदै न्यु डायमण्डले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

विभागीय टोली नेपाल पुलिसलाई हराउँदै न्यु डायमण्डले नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायमण्डले पुलिसलाई…

वागमती प्रदेशस्तरीय तेक्वान्दो लिगमा खुशी, प्रतिभा र सोयालाई स्वर्ण

काठमाडौं । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार स्वर्ण जितेका छन् । जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो…

केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया विजेता

केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन पहिलो हुनुभएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता मिलनले…

अन्तर कलेज टी–२० क्रिकेट : विश्वआदर्श र नमुना फाइनलमा

सुनसरी । इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विश्वआदर्श कलेज र नमुना कलेज प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विश्वआदर्शले विराटनगरको कान्तिपुर कलेजलाई…

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

काठमाडौं । वडा १६ का रिजन शाक्य र वडा १७की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । रिजन ब्वाइज…

मोरोक्को र सेनेगल सेमिफाइनलमा

जारी अफ्रिका कप अफ नेसन्समा मोरक्को र सेनेगलले सेमिफाइनल यात्रा तय गरेका छन् । क्वाटरफाइनलको रोचक खेलमा मोरक्कोले क्यामरुनलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । मोरक्कोको…