वडा १६ काद्वय रिभान वज्राचार्य र साइरा शाक्य सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । यु-१२ सिंगल्सको ब्वाइजमा रिभान र गल्र्समा साइरा पहिलो भएका हुन् ।
रिभानले फाइनलमा वडा ११ का आरभ मल्ललाई ११-८, ११-६ र ११-८ को सोझो सेटमा पराजित गरे । वडा ११ का सत्विक शाक्य र सोही वडाका रुसन शाक्य तेश्रो बने ।
साइराले फाइनलमा आफ्नै वडाकी काभ्या शाक्यलाई २-११, ११-४, १४-१२ र ११-२ को सेटमा पराजित गरिन् । वडा ८ की सम्पदा श्रेष्ठ र वडा ७ रोज शाही तेश्रो भए ।
ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा वडा ८ का विपुल महर्जन र रुविन महर्जनको जोडीले स्वर्ण जिते । विजेता जोडीले फाइनलमा वडा ७ का एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ११-५, ११-६ र १२-१० को सोझो सेटमा हराए ।
