विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको क्रिकेट खेलमा अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जुट मिल मैदान भएकोे पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस हारेर ब्याटिङको गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सवै विकेट गुमाई ७८ रनको झिनो योगफल तयार पारेको थियो । ग्रिनल्याण्डका महमद मोजाहिदले सर्वाधिक १९ रनको योगदान दिए । अर्किडका प्लेयर अफ म्याच नन्दु मुखियाले ३ विकेट लिँदा कृष्ण यादवले पनि ३ विकेट लिए ।

जवाफमा ७९ रनको झिना लक्ष्य पाएको अर्किडले  संघर्षपूर्ण १ विकेटको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अर्किडले १३ दशमलव ४ बलमा लक्ष्य भेट्टाएको थियो । अर्किडका नन्दु यादवले सर्वाधिक २८ रनको योगदान दिए । ग्रिनल्याण्डका फैजल अन्सारीले ३ विकेट लिँदा  सन्तोष मुखियाले ३ विकेट लिए ।  

दोस्रो खेलमा अरनिको कलेजले विराट क्याम्पसलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको ।

टस जितेर ब्याटिङको गरेको अरनिको कलेजले निर्धारित २० ओभरको खेलमा १६ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५७ रनको विशाल योगफल तयार पारेको थियो ।अरनिकोका प्लेयर अफ द म्याच अविशेक मण्डलले सर्वाधिक ३३ रनको योगदान दिए । विराट क्याम्पसका हरेराम साहले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय ५७ रनको लक्ष्य पाएको विराट क्याम्पसले  १५ दशमलव ३ बलमा सवै विकेट  ४८ रनमा सिमित भयो । विराटका चन्द्र शर्माले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा अविशेक मण्डलले २ विकेट लिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *