विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास विजयी भएका छन् ।

जुट मिल मैदान भएको क्रिकेटको पहिलो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ९९ रनको फाराकिलो अन्तरले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको रेट स्टारले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३२ रनको योगफल तयार पारेको थियो । रेड स्टारका लागि विवेक कार्कीले सर्वाधिक २७ रनको योगदान दिए । सेन्टजोसेफका हरिबहादुर तम्सिनाले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय ३३ रनको लक्ष्य पाएको सेन्टजोसेफले १२ ओभरमा सवै विकेट समाप्ती संगै ३३ रनमा सिमित भयो । सेन्टजोसेफले अतिरिक्त १९ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । रेडस्टारका प्लेयर अफ द म्याच विवेक कार्कीले ४ विकेट लिए ।

दोस्रो खेलमा कोवास कलेजले नेशनल एकेडेमिलाई ५ विकेटले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको । टस हारेर ब्याटिङ गरेको नेशनल कलेजले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाई १ सय ५ रनको योगफल तयार पारेको थियो ।

नेशनलका भरत साहले सर्वाधिक २० रनको योगदान दिए । कोवासका लालु यादवले ३ विकेट लिँदा महमद समिरले पनि ३ विकेट लिए ।

जवाफमा १ सय ६ रनको लक्ष्य पाएको कोवासले १४ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । कोबासका प्लेयर अफ द म्याच लालु यादवले सर्वाधिक ३९ रनको योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *