काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ । सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने भएको हो ।

दुईदिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा हुनेछ । कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी  प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागिएको नेपाल सोतोकान कराते संघका संस्थापक र अध्यक्ष हेमकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष) तर्फ १५ केजी, २० केजीमूनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा हुनेछन् । यसै उमेरसमूहमा गर्ल्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा हुनेछ ।

सब जुनियर (१०–१२ वर्ष उमेरसमूह) काता र कुमुेतमा पनि खेल हुने भएको छ । यसै उमेरसमूहमा ब्वाइजमा खुलातर्पm कुमुते र एकल काता प्रतिस्पर्धा हुनेछन् । क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ गर्ल्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौलसमूहमा खेल हुनेछ ।

क्याडेटमा नै एकल काता (गर्ल्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा हुनेछन् । जुनियर कुमुते (१६–१८ वर्ष) तर्फ पुरुषमा ६ तौलसमूह र महिलामा पाँच तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ । यसै उमेरसमूहमा पुरुषतर्फ खुला कुमुते हुने आयोजकले जनाएको छ ।

सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान (४० वर्षमाथि) एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन् । महिला टिम खुला र पुरुष टिम कातामा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *