विराटनगर । पोखरिया युथ केयर एकेडेमीद्वारा आयोजित युवा केटाकेटीहरूलाई लक्षित गर्दै चित्रकला प्रतियोगिता र सडक दाैड प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार बिहान भएको छात्र सडक दौड प्रतियोगिता अन्तर्गत जनता नमुना माध्यमिक विद्यालयका समिर राजवंशी प्रथम, मोर्डनएरा स्कुलका सुमन उराउ दोस्रो, डन बस्को स्कुलका अनिष कामत तेस्रो, डनबस्को स्कुलका सौरभ महताे चौथो, ज्ञानसारथी विद्यापीठका हेमन्त यादव पाँचौं, राधाकृष्ण माविका अविनाश कामत छैठाे, डन बस्को स्कुलका संस्कार भट्टराई सातौं स्थानमा विजेता भएका छन् ।

त्यसैगरी छात्रातर्फ जनता नमुना माध्यमिक विद्यालयका भूमिका राजवंशी प्रथम, डनवस्को स्कुलका प्रशंसा खड्का दोस्रो, डन बस्को स्कुलका दीक्षा राई तेस्रो, सनसाईन स्कुलका सदिक्षा भुजेल चौथो, सनसाइन स्कुलका नन्दनी कामत पाँचौं, प्यारागन स्कुलका स्मृति कटुवाल छैठौ, पोखरिया स्कुलका लिजा राजवंशी सातौं, डन बस्को स्कुलका समृद्धि कार्की आठौं स्थानमा विजयी भएका छन् ।

चित्रकला जुनियर तर्फ प्रथम इडेन स्कुलका एरिस तिम्सिना, दोस्रो सनसाइन स्कुलका नन्दनी कामत ,तेस्रो प्यारागन स्कुलका सगुन ढकाल विजयी भएका छन । त्यसैगरी सिनियर तर्फ प्रथम ईडेन स्कुलका मेहेक मित्तल, दोस्रो आर्यन्त स्कुलका भुमिका विश्वास , तेस्रो डनवस्को स्कुलका एन्जिला बास्तोला चौथो ज्ञान सारथी विद्यापीठका वर्षा यादव ,पाँचौं एजेलिया स्कुलका उपसना राजवंशी विजय भएका छन् ।

सम्पूर्ण विजेताहरूलाई प्रमुख अतिथी वन तथा पर्यटन मन्त्री माननीय भीम पराजुली बिशिस्ट अतिथी वडा नम्बर १ का वडा अध्यक्ष काजीबहादुर बस्नेत, वडा नं ३ का वडा अध्यक्ष बासु बस्नेत, एन्फाका पुर्व मानार्थ उपाध्यक्ष सन्तोष बानिया, सुभाषिश कोइराला, केदार पाेखरेल, हरि बजगाई, ईन्दिरा पराजुली, त्रिवेणी बाचानालय क्लबका तेजराज गिरी, सम्राट स्पाेर्टिङ क्लबका कैलाश गाैतम, स्थानीय समाजसेवी किरण थापा, आस्मा पाेखरेल लगायतले नगद, शिल्ड, प्रमाण पत्र बितरण गर्नु भएकाे थियाे ।

प्रतियोगिताको सह-आयोजक रुपमा विराटनगर वडा नं १ कार्यालय र मेडिकल पार्टनरको रुपमा विराट नर्सिंङ होम प्राइभेट लिमिटेड रहेको थियो । सम्पूर्ण ट्राफिक सुरक्षा माेरङ जिल्ला प्रहरी कार्यालयले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *