मिक्लाजुङ (मोरङ) । सिसौली युवा क्लबको आयोजनामा भएको प्रथम दिपेश मगर स्मृति खुल्ला वडा–स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नम्बर ३ ले जितेको छ ।

शनिबार मिक्लाजुङ गाउँपालिका–८ स्थित डङ्डङे खेलमैदानमा भएको फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

उत्कृष्ट प्रतिस्पर्धात्मक खेलकाबीच सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ का जर्सी रिजन मगरले पहिलो हाफमै निर्णायक गोल गर्दै टिमलाई जित दिलाए । खेलको बाँकी समय वडा नम्बर १ ले बराबरी गोल फर्काउने प्रयास गरे पनि वडा नम्बर ३ को सशक्त रक्षापंक्तिका कारण सफल हुन सकेन ।

उपाधि जितेसँगै वडा नम्बर ३ ले प्रतियोगिताको ट्रफी उचालेको हो भने वडा नम्बर १फाइनल खेलका म्यान अफ द म्याच वडा नम्बर ३ का कुसल मगर घोषित भए । उपविजेतामा सीमित भएको छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा व्यक्तिगत पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि वडा नम्बर ३ का पारस मगरले हात पारे । यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता को उपाधि वडा नम्बर ७ का युवराज श्रेष्ठ ले प्राप्त गरे । उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का सन्दिप लिम्बु, उत्कृष्ट मिडफिल्डर वडा नम्बर १ का देउचन राई र उत्कृष्ट डिफेन्डर वडा नम्बर ३ का जेनिस मगर घोषित भए ।

स्थानीयस्तरका युवा खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले मिक्लाजुङ क्षेत्रमा फुटबलप्रतिको उत्साह थप बढाएको आयोजक सिसौली युवा क्लबले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको सफल सञ्चालन, खेलाडीको अनुशासन र दर्शकको उल्लेख्य उपस्थितिले आगामी दिनमा अझै स्तरीय प्रतियोगिता आयोजना गर्ने प्रेरणा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *