विराटनगर । प्याब्सन प्रेसिडेन्ट विराटनगर स्तरीय छनोट प्रतियोगिता अन्तर्गतको आजको खेलमा बिराटनगर ३ मा रहेको मोर्डनएरा र ग्रेडेड स्कुल फाइनमा प्रबेस गरेका छन् ।

आज भएको पहिलो खेलमा मोर्डनएरा स्कुलले सगरमाथा स्कुललाइ २-१ गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको छ । खेलको प्लेयर अफ द म्याच मोर्डनएराका कृतम खवास भएका थिए ।

त्यसैगरी आजको दोश्रो खेल ग्रेडड र गोदावरी स्कुल बिच भएको थियो । ग्रेडेड स्कुलले गोदावारी स्कुलला ३-० गोल अन्तरले जित निकाल्दै फाइनलमा प्रबेस गरेको छ । खेलको प्लेयर अफ द म्याच ग्रेडेडका रागन मानन्धर घोषित भएका छन ।

फाइनल खेल भोलि मोर्डनएरा र ग्रेडेड स्कुल बिच ११ बजे हुनेछ । मंसिर २५ गते देखि संचालन भएको प्याब्सन प्रेसिडेन्ट नगर स्तरीय प्रतियोगीमा बिराटनगरका २४ विद्यालयहरुको सहभागीता रहेको अध्यक्ष अर्जुन श्रेष्ठले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *