Month: २०८२, १२ पुष शनिबार २१:१६

करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण

काठमाडौँ । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालय स्तरका खेलाडीलाई प्रशिक्षण दिइएको छ । शनिबार सातदोबाटो कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई नि:शुल्क प्रशिक्षण दिइएको…

गण्डकी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोको ग्रेडिङ कार्यक्रम सम्पन्न

गण्डकी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोको एक दिने ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ)को आयोजना तथा गण्डकी प्रदेश आइटिएफ तेक्वान्दोको सहकार्यमा सो कार्यक्रम पोखरामा शनिबार…

वार्षिकोत्सव बैठकबाट रग्बी सङ्घको डेढ करोड बजेट पास

नेपाल रग्बी सङ्घको १३ औँ वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पास भएको छ । शनिवार आयोजित साधारण सभामा सङ्घका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन…

तेक्वान्दो टोली चीन जाँदै

चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका ५ खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका ८ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने…

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत शनिबार चार खेल आयोजना हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने दिनको पहिलो खेल महिलातर्फ बिहान ९…

क्रिकेट अम्पायर रविन्द्र गुप्ताले गरे ग्राउन्ड स्टाफहरूलाई ज्याकेट वितरण

क्रिकेट अम्पायर रविन्द्र गुप्ताले खेलप्रतिको आफ्नो समर्पण र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेका छन् । उनले आफ्नै व्यक्तिगत खर्चमा चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला नमूना मैदानमा भैइरहेको ईन्डो नेपाल टि-२०…

एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले झण्डै पाँच हजार कफीको बिरुवा रोप्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर यस कलेजले एनपीएलमा…

विराटनगर महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि एभरेष्ट स्कुललाई

विराटनगर । विराटनगरस्थित शहीद रंगशालामा आज सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ को उपाधि एभरेष्ट स्कुलले जितेको छ । ३१ पदकसहित एभरेष्टले उपाधि रक्षा गरेको हो…

राजेन्द्र तामाङ एपीएफको मुख्य प्रशिक्षक

विभागिय टाेली सशस्त्र प्रहरी बलकाे एपीएफ फुटबल क्लबले राष्ट्रिय लिगलाई लक्षित गर्दै मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । क्लबले सामाजिक सञ्जालमार्फत बिहिवार तामाङलाई अनुबन्ध गरेको जानकारी दिएको हो…

राष्ट्रपति रनिङ शिल्डमा आदर्श स्कुल शीर्ष स्थानमा

विराटनगर । विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ को दोस्रो दिनसम्म आर्दश माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक प्राप्त…