क्रिस्टियानो रोनाल्डोको शानदार दुई गोलको मद्दतमा अल–नासरले साउदी प्रो–लिगमा अल–अखदूदलाई ३–० ले सहज रूपमा पराजित गरेको छ ।

अल–अव्वाल पार्कमा भएको खेलमा अल–नासरले सुरुदेखि नै दबाब बनायो । रोनाल्डोले पहिलो हाफमै दुई पटक गोल गर्दै घरेलु टोलीलाई स्पष्ट अग्रता दिलाए । खेलको इन्जुरी समयमा जोआओ फेलिक्सले थप गोल गर्दै जितमा चमक थपे ।

यो सफलतासँगै अल–नासरले लिगमा अपराजित र शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिएको छ । टोलीले लगातार १० खेल जित्दै साउदी प्रो–लिगको नयाँ कीर्तिमान समेत बनाएको छ ।

१० खेलबाट पूर्ण ३० अंक जोडेको अल–नासर अंकतालिकाको शीर्ष स्थानमा मजबुत रूपमा अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *