काठमाडौँ । प्यारागन पब्लिक स्कूलमा मङ्सिर २१ गतेदेखि सम्पूर्ण विद्यार्थीहरूका लागि स्पोर्ट्स डे कार्यक्रमको औपचारिक रूपमा सुरु गरिएको छ । विद्यार्थीहरूको शारीरिक क्षमता, अनुशासन तथा आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम सप्ताहभर चल्नेछ ।

उद्घाटन समारोहका प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल बीना बानु तथा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी १३औं साग गेम का दोहोरो स्वर्ण पदक बिजेता श्री मन्डे काजी श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल बानुले भन्नुभयो, “खेलकुद मानसिक र शारीरिक स्वास्थ्य विकास गर्न प्रत्यक्ष र पारस्परिक रूपमा महत्त्वपूर्ण हुन्छन् ।”

विद्यालयले सबै कक्षाका विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै विभिन्न खेलकुद तथा टीम प्रतियोगिताहरू सञ्चालन गरिरहेको छ । फुटबल, बास्केटबल, क्रीकेट, टेबल टेनिस, ब्याटमिन्टन खेल्हरु समाबेश छन् उक्त खेलहरु २६ गते सम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *