नेपाल विद्यालय खेलकुद महासंघ (NSSF) ले आधिकारिक रूपमा एडुटेक इन्टरनेशनल प्रा. लि. सँग खेलकुद कार्यक्रम, प्रशिक्षण कार्यक्रम, कार्यशाला, र राष्ट्रव्यापी विद्यालय खेलकुद गतिविधिहरूलाई बृद्धि र समर्थन गर्न साझेदारी मार्फत डिजिटल शिक्षाको प्रवद्र्धन र प्रविधिमैत्री सिकाइ वातावरण प्रवद्र्धनमा सहकार्य गर्न समझदारी–पत्र(MoU) मा हस्ताक्षर गरेको छ ।

बोर्ड सदस्य/प्रमुख वित्त अधिकृत श्री सोबिन राज रेग्मी; NSSF कार्यक्रम व्यवस्थापन समिति सदस्य श्री पबिन जंग थापा र एडुटेक इन्टरनेशनल प्रा. लि.का राष्ट्रिय बिक्री प्रबन्धक सुश्री जुनु शाहीले यो सम्झौतापत्रमा हस्ताक्षर गरे । समझदारी पत्र हस्ताक्षर NSSF केन्द्रीय कार्यालयमा भएको थियो । सम्झौता अन्तर्गत, एडुटेक इन्टरनेशनलले कार्यक्रम–सहयोगी साझेदारको रूपमा काम गर्नेछ, NSSF कार्यक्रमहरू र अन्य पारस्परिक रूपमा सहमत खेलकुद र शैक्षिक गतिविधिहरूको सफल कार्यान्वयनको लागि प्राविधिक र परिचालन सहयोग प्रदान गर्नेछ। यो सहकार्यले कार्यक्रम व्यवस्थापन, शैक्षिक समन्वय, र विद्यालय खेलकुद विकासको लागि डिजिटल समर्थनलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

यो साझेदारीले नेपालभरका विद्यार्थीहरूका लागि संरचित र समावेशी खेलकुद अवसरहरूलाई प्रवद्र्धन गर्ने महासंघको लक्ष्यलाई अझ अगाडि बढाउने छ । एडुटेक इन्टरनेशनलले खेलकुद र शैक्षिक सहयोग मार्फत युवा विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता रहको पुष्टि ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *