नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच हुने छ । यो खेल बिहान ११:४५ बजेदेखि सुरु हुँदैछ ।
जारी एनपिएलमा जनकपुर बोल्ट्सले एक खेल पनि जित्न सकेको छैन । जनकपुरले चार वटै खेलमा हार बेहोरेको छ । त्यस्तै चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यसैगरी आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दिउँसो ४ बजेदेखि सुरु हुँदैछ । जारी एनपिएलमा पोखराले ४ खेलमा एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै कर्णाली याक्सले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।
