गछिया युवा समाज, सुन्दरहरैंचा, मोरङको आयोजनामा प्रथम गछिया गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

“लागुऔषधले लिन्छ ज्यान, स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित सुरु हुने यो प्रतियोगिता गछिया खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

समाजका अध्यक्ष सरोज दाहालका अनुसार युवाहरुलाई खेलमा जोड्ने तथा सुन्दरहरैंचालाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले गोल्डकपको आयोजना गर्न लागिएको हो । उनले राष्ट्रिय स्तरमा सक्षम युवा खेलाडी तथा टिम उत्पादनमा यस आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा सहलेश फुटबल क्लव सिरहा ,दमक फुटबल एकेडेमी झापा, बेलबारी फुटबल क्लव मोरङ,जलथल फुटबल क्लव झापा,गाईघाट युनाइटेड उदयपुर,राष्ट्रिय जागृती फुटबल क्लव सुनसरी, लिजेण्ड फुटबल एकेडेमी पश्चिम बंगाल दार्जिलिङ, भारत र आयोजक गछिया युवा समाज गरी ८ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विशेष नगद पुरस्कार प्रदान गरिनेछ ।

म्यान अफ द सिरिजले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट डिफेन्स, फरवार्ड, मिडफिल्डर, गोलकिपर तथा उत्कृष्ट कोचले जनही ११–११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ लाई पाँच हजार एक सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *