साउदी प्रो लिगमा अल नासरले शानदार जित दर्ता गरेको छ ।
घरेलु मैदान अल अव्वल पार्कमा आइतबार राति सम्पन्न खेलमा नासरले अल खलिजलाई ४–१ ले पराजित गरेको हो ।
नासरको जितमा जोआओ फेलिक्स, वेलेसी, साडियो माने र रोनाल्डोले समान एक गोल गरे । यता खलिजको लागि मुर्द अल हवासीले एक गोल फर्काए ।
नासरले पहिलो र दोस्रो हापमा समान दुई गोल गर्न सफल भयो । रोनाल्डोले इन्जुरी समयको अन्तिम मिनेटमा बाइसाइकल गोल गर्दै दुनियाँ चकित पारेका थिए ।
जितसँग ९ खेलमा ९ जितसहित नासर शीर्ष स्थानमा छ । जारी सिजन नासरले आफ्नो विजयी यात्रा नवौँ खेलसम्म ल्याएको छ ।
