एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको छ । मलेसियामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल र मलेसियाले हालसम्म आठ खेल खेलेका छन् । तीमध्ये ७ खेलमा मलेसिया विजयी भएको छ भने १ खेल बराबरीमा समाप्त भएको छ ।

दुवैको पछिल्लो भेट गत मार्चमा भएको एसियन कप छनोटमै भएको थियो, जसमा मलेसियाले नेपाललाई २-० ले पराजित गरेको थियो ।

प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको नेपाली २३ सदस्यीय टोली यसअघि नै मलेसिया पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *