नेपाल राजस्थानसँग पराजित

२०८२, २८ कार्तिक बिहीबार १७:४०

मैत्रीपूर्ण क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले फराकिलो हार व्यहोरेको छ ।

आयुष क्रिकेट एकेडेमी देहरादुनमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपाल १९ २ औभरमा ८८ रनमै अलआउट भयो ।

नेपालका लागि औपनर सनम प्रविनले सर्वाधिक ३३ रन बनाइन् । रुविना क्षेत्रीले १७ तथा बिन्दु रावलले १२ रनको योग्दान दिइन् ।

यता बलिङतर्फ राजस्थानका लागि अर्चना योगिले तीन विकेट लिइन् । नदिइ सनीले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० औभरमा ५ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

राजस्थानका लागि डिम्पल सिम्खताले सर्वाधिक ४८ रनको योग्दान दिएन् । यस्तै, भवानी ३६ र एन्नाले ३० रन बनाइन् । यता, नेपालका लागि लक्ष्मी साउदले दुई तथा रुविना, कविता कुँवर र मनिषा उपाध्यले समान एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *