दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का खेल हेर्नका लागि टिकट दर सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहिवार एनपिएलका खेल हेर्न इच्छुक दर्शकका लागि टिकटदर सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार उद्धघाटन दिनको खेलमा सामान्यका लागि ५०० र भिआइपीका लागि १५०० तोकिएको छ । लिग खेलका लागि सामान्यतर्फ ५०० र भिआइपीका लागि १००० रुपैयाँ तोकिएको छ ।
यस्तै प्लेअफ र फाइनल खेलका लागि सामान्यतर्फ १००० भिआइपीका लागि २००० टिकट दर तोकिएको छ ।
त्यसैगरी क्यानले सिजनल पासको पनि व्यवस्था गरेको छ । सिजनल पासका लागि १५ हजार रुपैयाँ तोकिएको छ । खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने क्यानले जनाएको छ । यही मंसिर १ गतेदेखि एनपिएल सञ्चालन हुँदैछ ।
