नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि आज एक खेल हुँदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउँसो ४ बजेदेखि खेल हुनेछ ।  त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुई टोलीबीच भिडन्त हुँदैछ ।

जारी प्रतियोगितामा विराटनगरले लगातार तीन खेल जितेको छ भने ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ । त्यस्तै चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ भने २ अंक मात्रै जोडेर पाँचौं स्थानमा छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् । त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *