दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहिवार पनि दुई खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा पहिलो खेल ११ः४५ काठमाडौँ गोर्खाज र चितवन राइनोज तथा दोस्रो खेल अपराह्न ४ः०० विराटनगर किङ्स र कर्णाली याक्सबीच हुनेछ ।
जारी प्रतियोगितामा चार खेल खेलेको काठमाडौँले दुई खेल जितेको छ भने चार अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ । यता, तीन खेल खेलेको चितवन चार अंकका साथ तेस्रो स्थानमा छ ।
यस्तै, चार खेल खेलेको विराटनगरले तीन खेलमा विजयी हुँदै ६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थान कायम राखेको छ । यता, तीन खेल खेलेको कर्णालीले एक खेलमात्रै जितेको छ भने अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।
