सहिद स्मारक ‘स’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगन्ज एघार स्पोर्टस क्लब र पाथिभरा फुटबल क्लब भिड्ने भएका छन् ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा नेपालगन्ज र पाथिभरा भिड्न लागेका हुन् । खेल बिहान ९ बजे हुनेछ ।

लिग मंसिर ४ गतेबाट सुरु हुने छ । लिगका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ । मंसिर २८ गतेसम्म संचालन हुने लिगमा प्रत्येक दिन तीन-तीन खेल हुनेछन् ।

सहभागी ३९ टोलीलाई १३ समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहको शीर्ष स्थानमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । यीमध्ये समूह ‘सी’को विजेता सोझै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । गोला–प्रथामा समूह ‘सी’ भाग्यशाली रहँदा यो अवसर जुरेको हो ।

नकआउट अन्तिममा चार टोली अन्तिम चारमा प्रवेश गर्ने सेट–अप छ । सेमिफाइनल विजेता टोली आगामी ‘सी’ डिभिजन लिगका लागि छनोट हुनेछन् ।

खेल-तालिका :

Leave a Reply

Your email address will not be published. Required fields are marked *