टीआईए ‘ए’ को दोहोरो जित

२०८२, २३ कार्तिक शनिबार १९:११

आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ ले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित हात पारेको छ ।

हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईए ‘ए’ ले दुर्गा भवानीलाई ५१-३२ ले पराजित गर्यो । विजेताका सुमन नगरकोटीले १९ अंक जोडे । अर्को खेलमा टीआईए ‘ए’ ले हिमरश्मिलाई ४७-३२ ले हरायो । विजयी टिमका लागि रोशन नगरकोटीले २२ स्कोर गरे ।

ब्वाइजमै विल्सन एकेडेमीले ग्रिनल्यान्डलाई ५७-३७ तथा बीएमसीएले टीआईए ‘बी’ लाई ३३-२२ ले पाखा लगाए । विल्सनका रेहान डंगोलले १६ तथा बीएमसीएका आलोक कार्कीले १० अंक बटुले ।

गल्समा हिमरश्मिले टीआईए ‘ए’ लाई १४-८ तथा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले टीआईए ‘बी’ लाई १७-१० ले पन्छाए । हिमरश्मिकी पूर्णिमा कार्कीले ८ तथा बीएनएकी प्रेमिकाले ११ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *