पुष्पसदनको विजयी सुरुआत

२०८२, २३ कार्तिक शनिबार १९:३१

आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालयले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले एभीएमलाई ४०-१० ले सहजै पराजित गर्यो । पुष्पसदनका सम्राट लामाले १९ अंक जोडे ।

सिनियर ब्वाइजमै बाघभैरव, राराहिल र मगसले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् । बाघभैरवले ग्रिन भिलेजलाई १५-९ ले हरायो । बाघभैरवका रोहनले १२ स्कोर गरे ।

राराहिलले क्रिएटिभलाई ३२-९ तथा मगसले लिटिल एन्जल्स (एलए) लाई ४१-२९ ले पाखा लगाए । राराहिलका ओवेश भुसालले ६ तथा मगसका सिमोन रम्जालीले १२ अंक बटुले ।

प्रतियोगिताको पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

प्रतियोगितामा ३ विधामा विभिन्न विद्यालयका ५१ टिमले भाग लिएका छन् । सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गल्समा २५ टिम सहभागी छन् । गल्सको प्रतिस्पर्धा श्री बाइ श्री ढाँचामा हुनेछ । फाइनल मंसिर १ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *