भ्याली पब्लिकको सानदार शुरूवात

२०८२, २३ कार्तिक शनिबार ०८:२५

भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सानदार सुरुआत गरेको छ ।

भ्याली पब्लिकको गल्स टिमले ३ खेलमा जित हात पार्यो । गल्समा भ्याली पब्लिकले काठमाडौं युरोलाई २६-१४, चेल्सीलाई ३६-२३ र एसएमडीलाई ३१-२० ले पराजित गर्यो ।

विजेता भ्याली पब्लिकका लागि क्रमशः सेलिनाले ६, लोरिशा गौचनले १५ र एनिला गौचनले १३ अंक जोडे । ब्वाइजमा भने मंगलदीपले भ्याली पब्लिकलाई ३८-३५ ले हरायो । विजेताका अजेश नेपालीले १३ स्कोर गरे । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा भइरहेको प्रतियोगिताको गल्समा निम्सले टीआईए ‘ए’ लाई २८-१३ तथा काष्ठमण्डपले ज्ञानोदयलाई १३-११ ले पन्छाए ।

निम्सकी निलम कोइरालाले १९ तथा काष्ठमाण्डपकी रिहान्सी केसीले ४ अंक जोडे । प्रतियोगिताको बूढानीलकण्ठ वडा ७ का अध्यक्ष बसनारायाण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । ‘शिक्षा र खेलकुदसंगै’ भन्ने नारासहित आयोजित प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्समा १६ गरी ४० टिम सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *