काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औं एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङ्ग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई शुभकामनासहित बिदाई गरेका छन् ।
विश्व आर्चरी कङ्ग्रेस र विश्व आर्चरी च्याम्पियन्सीप बंगलादेशको ढाकामा हुँदैछ । आर्चरी कङ्ग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियनसिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।
राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ ।
यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियनसिप नेपालको प्रतिनिधित्व गर्नेछ । एनओसीका अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।
