दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार दुई महत्वपूर्ण खेल हुनेछन् ।

पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । गत सिजनको च्याम्पियन जनकपुरको यो दोस्रो खेल हो । पहिलो खेलमा काठमान्डू गोर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर आज भने जितसँगै पुनः लयमा फर्किन चाहन्छ ।

यता उत्कृष्ट फर्ममा रहेको विराटनगर किङ्स लगातारको प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

आजकै दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुने छ ।

मङ्सिर १ गतेबाट सुरु एनपिएलमा हालसम्म सम्पन्न आठ खेलपछि विराटनगर किङ्स २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *