एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा र नेपाल बास्केटबल संघ (नेबा) को सहकार्यमा ‘समृद्धि ओपन खुला बास्केटबल च्याम्पियनसिप’ बुधबारदेखि सुरु हुने भएको छ ।

आयोजकका अनुसार प्रतियोगिता कात्तिक १९ गते (बुधबार) देखि २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सिनियर र जुनियर गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधामा चार-चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सिनियर समूहतर्फ विजेता टोलीले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । तर, जुनियर समूहका लागि भने पुरस्कार राशि नहुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *