पुष्पसदन आवासीय माध्यमिक विद्यालयको कप आयोजनामा चौथो पुष्पसदन उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ३ विधामा विद्यालयका ५१ टिमले प्रतिस्पर्धा गर्ने पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७र गल्समा २५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । गल्सको प्रतिस्पर्धा थ्री बाइ थ्री ढाँचामा हुनेछ ।

सामुदायिक विद्यालयका लागि प्रवेश निःशुल्क गरिएको प्रतियोगिता मंसिर १ गतेसम्म कीर्तिपुरस्थित आयोजककै कोर्टमा हुनेछ ।

संस्थापक श्रेष्ठले विभिन्न स्तरका बुद्धिचाल, टेबलटेनिस, फुटसल र तानडोरी प्रतियोगिता आयोजना गर्दै आएकोमा चाँडै क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *