पोर्चुगल फिफा विश्वकप २०२६ मा छनोट भएको छ। युरोपेनी छनोट अन्तर्गतको खेलमा पोर्चुगलले फराकिलो जित हासिल गरेको हो ।
पोर्चुगलको घरेलु मैदान इस्टेडियो डो ड्रागाओ आइतबार राति सम्पन्न खेलमा पोर्चुगलले आर्मेनियालाई ९-१ ले पराजित गर्दै विश्वकपको यात्रा तय गरेको हो ।
पोर्चुगलको जितमा जाआओ नेभेस र बुर्नो फर्नान्डेसले ह्याट्रिक पूरा गरे । यस्तै, रेनाटो भियगा, गोन्जालो रामोस र फ्रन्सिस्को कोन्सिसाओले समान एक गोल गरे ।
यस खेलमा पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने अनुपस्थित थिए । आयरल्यान्डविरुद्धको अघिल्लो खेलमा रातो कार्ड पाएका कारण उनी यस खेलमा खेल्न प्रतिबन्धित भएका थिए ।
जितसँगै ६ खेलबाट १३ अंक जोडेको पोर्चुगल समूह एफको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो ।
