दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार पनि दुई खेल हुँदैछन् । 

त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो ११ः४५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेल अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनीले एक खेल जितेको छ भने दुई अंकका साथ अंक तालिकाको सातौं स्थानमा छ । यता, तीन खेल खेलेको पोखराले पनि एक खेल नै जितेको छ भने दुई अंकका साथ छैटौं स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।

यस्तै, तीन खेल खेलेको जनकपुर जितविहिन छ भने अंक तालिकाको पुछारमा छ । यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *