नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको चुनौती सामना गर्नेछ । यो खेल साँझ ४ बजे हुनेछ ।
गत सिजन जनकपुरले काठमाडौंलाई सहजै हराएको थियो । जनकपुर लिग चरणको अंकतालिकामा दोस्रो भएको थियो । काठमाडौंबाहेक, अन्य खेलमा जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान ८ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ७ विकेट र लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग भने टोलीले क्रमशः ७२ र ३२ रनको हार बेहोर्यो ।
