बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले साइप्रसको क्लब पाफोसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने राफेल गुरेइरो , निकोलस ज्याक्सन र माइकल ओलीसले एक एक गोल गरेका थिए । त्यसैगरी पाफोसका लागि एक गोल मिसलभ ओर्सिकले गरेका थिए ।

यो जितपछि बायर्नको २ खेमा ६ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यसैगरी पाफोसको २ खेलमा एक अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *