नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करण अघि लुम्बिनी लायन्सले ठूलो हस्ताक्षर गरेको छ । श्रीलङ्काका वरिष्ठ क्रिकेटर एन्जेलो म्याथ्युज लुम्बिनी लायन्समा आवद्ध भएका छन् ।
खेल चौतारीलाई प्राप्त विशेष जानकारी अनुसार पूर्व श्रीलङ्का कप्तान म्याथ्युजले लुम्बिनीको टोलीसँग सम्झौता गरेका छन् । यसको औपचारिक घोषणा छिट्टै गरिने अपेक्षा गरिएको छ ।
पहिलो संस्करणमा तालिकाको पुछारमा समाप्त गरेको लुम्बिनीका लागि यो हस्ताक्षर निकै महत्वपूर्ण मानिएको छ । लामो अन्तर्राष्ट्रिय अनुभव र उत्कृष्ट आलराउन्ड क्षमताका कारण म्याथ्युजले टोलीको ब्याटिङ र नेतृत्व दुवै क्षेत्रमा सन्तुलन ल्याउने विश्वास गरिएको छ ।
४०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका म्याथ्युज शान्त स्वभाव, दबाबमा संयम प्रदर्शन र रणनीतिक क्षमताका लागि चिनिन्छन् । लुम्बिनीले यही अनुभवको सहारामा दोस्रो संस्करणमा नयाँ जोशका साथ फर्कने लक्ष्य राखेको छ ।
यो साइनिङले नेपाल प्रिमियर लिगको आकर्षण अझ बढेको संकेत पनि दिएको छ, जसले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई तान्दै आएको छ ।
