झापा अर्जुनधाराको शनिश्चरे फुटबल क्लबले तेस्रो होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकामा- १ स्थित त्रिभुवन माविको खेलमैदानमा भएको फाइनलमा आयोजक होक्से युवा क्लबलाई ३-१ ले पराजित गर्दै शनिश्चरेले उपाधि हात पारेको हो ।

खेलमा अग्रता भने होक्सेले लिएको थियो । खेलको पहिलो हाफको २८औं मिनेटमा श्याम मुर्मूको गोलबाट होक्सेले अग्रता लिएको थियो । तर, दोस्रो हाफको १९औं मिनेटमा शनिश्चरेका निमा तामाङले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

पहिलो गोल गरेको ४ मिनेट पछि नै पेमा तामाङले गोल गर्दा शनिश्चरेले २-१ ले अग्रता बनायो । त्यसपछी खेलको दोस्रो हाफको इन्जुरी समयमा निमा तामाङले ब्यक्तिगत दोस्रो गोल गर्दै शनिश्चरेलाई उपाधि दिलाउन सफल भए ।

फाइनल खेलको म्यान अफ दी म्याच शनिश्चरेका निकेश श्रेष्ठ भए । उनले नगद एक हजार पाँच सय रुपैयाँ पाए । उपाधि विजेता शनिश्चरे एफसीले १ लाख नगद पुरस्कार पाएको छ भने उपविजेता होक्से युवा क्लबले ५० हजारमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक शनिश्चरेका अनुप तामाङ, उत्कृष्ट डिफेन्डर होक्सेका कप्तान भुपाल जर्घा मगर र बेस्ट मिडफिल्डर होक्सेकै आशिष लावती घोषित भए । यसैगरी, सर्वाधिक गोलकर्ताको अवार्ड शनिश्चरेका निमा तामाङले पाए । उनीहरुले सबैले नगद पुरस्कार पाए । होक्से युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *