कराते टोली चीन जाने

२०८२, १६ भाद्र सोमबार २०:१९

काठमाडौँ । एकेएफ यु-२२ कराते च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली मंगलबार चीनको शाओगाउँ जाने भएको छ ।

सेप्टेम्बर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र ३ महिला गरी ९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६७ केजीमुनि प्रदीप बइजाली मगर, कातामा जावेद रेहान, ५५ केजीमुनि साइमन श्रेष्ठ, ६८ केजीमुनि निशान तामाङ, ६१ कजीमुनि सन्दिप तामाङ र ७६ केजीमाथि निगम तिम्सिनाले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ६१ केजीमुनि मनीषाकुमारी बोहरा, ५० केजीमुनि अन्जली मगर र ५३ केजीमुनि सोनाम शेर्पाले खेल्ने छन् । अफिसियलमा राजेन्द्र बराल र प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । कुशल भने चीन पुगिसकेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *