रेडियन्ट पब्लिक सेमिफाइनलमा

२०८२, १३ भाद्र शुक्रबार १९:३८

काठमाडौँ । रेडियन्ट पब्लिक ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

रेडियन्ट पब्लिकले केएमसीलाई १०-९ ले पराजित गर्यो । रेडियन्टकी सोनु तामाङले ७ अंक जोडिन् । सोही स्पर्धामा मल्पी इन्टरनेसनलले लिटिल एन्जल्सलाई १९-४ तथा दीक्षालयले बौद्ध इन्टरनेसनललाई २७-९ ले हराउदै सेमिफाइनलमा पुगे । मल्पीकी दिवाश्री शाहीले ८ र दीक्षालयकी लाक्पा शेर्पाले ८ स्कोर गरे ।

ब्वाइज बास्केटबलमा मल्पीले आईडियल मोडेललाई २८-२१ तथा रेडियन्ट पब्लिकले बौद्ध इन्टरनेसनललाई ४०-३८ ले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरे । मल्पीका रौनकले १२ तथा बौद्धका एमोसन मोक्तानले १२ अंक जोडे ।

ब्वाइज फुटबलमा बृहस्पतिले मल्पीलाई ३-० गोलले पराजित गर्यो । बृहस्पतिका प्रणव अधिकारीले २ तथा सौरभ रेग्मीले १ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *