काठमाडौँ । भ्याली पब्लिकको तीनै टोलीले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । भ्याली पब्लिकले सिनियर ब्वाइजमा २ तथा जुनियर ब्वाइज र सिनियर गल्समा १-१ जित निकाल्यो ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको पहिलो खेलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५-३९ ले पराजित गर्यो । भ्याली पब्लिका अशोक विकले ३२ अंक जोडे । अर्को खेलमा भ्याली पब्लिकले क्यान्भास बसन्त ऋतुलाई ४०-३३ ले हरायो । भ्याली पब्लिकका हिमेश विश्वकर्माले १२ स्कोर गरे ।
सिनियर ब्वइजमै हेम्सले स्वेता सदनलाई ६२-२३, भद्रकालीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३८-३७ र गण्डकीले तेजस्वीलाई २९-२८ ले पाखा लगाए । हेम्सका आशुतोष यादवले १७, भद्रकालीका सुदिप श्रेष्ठले १७ र गण्डकीका सुविन अर्यालले ८ स्कोर गरे ।
सिनियर गल्समा भ्याली पब्लिकले भ्याली पब्लिकले गण्डकीलाई २७-४ तथा केभीकेएसएसले सत्यसाइलाई १८-१५ ले पाखा लगाए । भ्याली पब्लिककी लोरिशा गौचनले ९ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक बटुले ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले ज्ञानभूमिलाई १२-११, न्युटनले एन्जल्स हार्टलाई २९-२६, पारामाउन्ट एकेडेमीले रिलायन्स पब्लिकलाई ४१-११, गोल्डेनपिकले भद्रकालीलाई २६-९ र तेजस्वीले फ्युजनलाई १२-८ ले पन्छाए । भ्याली पब्लिकका सुयोग गौतमले ६, न्युटनका आर्यन विकले ११, पारामाउन्टका सुदिप घलेले ८, गोल्डेनपिकका फुर्वा शेर्पाले १३ र तेजस्वीका अशोक तामाङले ६ अंक जोडे ।
