काठमाडौं । नेपाल रग्बी संघले नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिज आयोजना गर्ने भएको छ ।

संघका अनुसार भदौ २९ गतेदेखि ३१ गतेसम्म सिरिज आयोजना गर्न लागेको हो । सिरिजमा सेभेन्स र फिफ्टिन्स दुवै किसिमका गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । यसअघि सन् २०२२ मा पहिलो संस्करणको नेपाल बंगलादेश अन्तर्रारिष्ट्रय रग्वी सिरिज-२०२२ बंगालादेशको ढाकामा सञ्चालन भएको थियो ।

प्रतियोगिताको पहिलो दिन भादौ ३० गते रग्ब सेभेन्सअन्र्तगत २ वटा खेल सञ्चालन हुनेछ भने प्रतियोगिताको दोस्रो दिन भदौ ३१ गते फिफ्टिन्सअन्र्तगत १ खेल सञ्चालन हुनेछ । उक्त खेलहरु विश्व रग्वीका निर्हिष्ट खेल नियामानुसार खेलाइने संघले जनाएको छ ।

यस अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता एसिया रग्बीको मान्यता प्राप्त रहेकोले सम्पूर्ण खेल विवरण तथा नतिजा एसिया रग्बीको अफिसियल सिस्टमबाट प्रकाशन हुने देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *