टाइमलाइनको विजयी सुरुआत

२०८२, ६ भाद्र शुक्रबार ०८:५७

काठमाडौँ । आयोजक टाइमलाइन स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बिहीबार विजयी सुरुआत गरेको छ ।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित घरेलु कोर्टमा टाइमलाइनले लर्डस् लाइट एकेडेमीलाई ११-१० को झीनोअन्तरले पराजित गर्यो । टाइमलाइनकी सुप्रिया वाइबाले ८ अंक जोडिन् ।

सिनियर गल्समै बागमती बोर्डिङ स्कुलले मनकामनालाई १४-९, यङ हार्ट्सले पल्सलाई १३-१ र गोकर्णेश्वरले इस्ट पोललाई ४-१ ले हराए । बागमतीकी डिकी शेर्पाले ६, यङ हार्ट्सकी डोमा लिम्बूले ५ र गोकर्णेश्वरकी समृद्धि बुढाथोकीले ४ स्कोर गरे ।

सिनियर ब्वाइजमा बागमतीले अक्षर एकेडेमीलाई ३९-२४, सर्वनम शिक्षालयले विद्या आर्जनलाई ३४-२४, चैतन्यले एम्बासडरलाई ४६-२७ र प्रारम्भ एकेडेमीले भेनस पब्लिक स्कुललाई २६-२२ ले पाखा लगाए । बागमतीका आयुश बस्नेतले १८, सर्वनमका निग्मा शेर्पाले १२, चैतन्यका विप्लवले १९ र प्रारम्भका आशिष मगरले १४ अंक बटुले ।

प्रतियोगिता टाइमलाइनका अध्यक्ष नवराज रिजाल प्रिन्सिपल रामप्रसाद बडालले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *