ज्ञानोदयको दोहोरो जित

२०८२, ९ भाद्र सोमबार १९:२६

काठमाडौं । आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा सोमबार दोहोरो जित हात पारेको छ । ज्ञानोदयको ब्वाइज र गर्ल्स दुवै टोलीले जित निकाले ।

ब्वाइजमा ज्ञानोदयले ओएसिस्लाई ३५-३२ ले पराजित गर्यो । ज्ञानोदयको जितमा सोनु पुरीले १२ अंक योगदान गरे ।

गर्ल्समा नोसिका ढकालको १२ अंक सहयोगमा ज्ञानोदयले मल्पी सिटीलाई २६-७ ले सहजै हरायो । ललितपुरको खोकनास्थित आयोजक ज्ञानोदयको कभर्डहलमा भएको ब्वाइजको अन्य खेलमा मल्पी सिटी र भ्याली भ्युले सफलता पाए

मल्पी सिटीले क्रिएटिभ एकेडेमीलाई ४१-१५ ले पाखा लगायो । मल्पीका रौनक प्रधानाङले १८ स्कोर गरे । भ्याली भ्युले ओरेकल एकेडेमीमाथि ३९-११ को सहज जित दर्ता गर्यो । भ्याली भ्युका गणेश विष्टले १५ अंक बटुले ।

ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले बृहस्पति विद्या सदनलाई ६-० को फराकिलो गोलअन्तरले पराजित गर्यो । एलएका सुगत मगरले २ तथा रायडुहाङ राई, जिम्मी लामा र प्रवीण गौतमले समान १-१ गोल गरे । एक गोल आत्माघाती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *