काठमाडौँ । ग्रिनल्यान्ड र न्युटन १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धापासीस्थित घरेलु कोर्टम बिहीबार ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २४-१६ ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा आहाना खड्काले ७ अंक योगदान गरिन् । आइरिन राणाको ६ अंक सहयोगमा न्युटनले फेरिल्यान्डलाई १७-१६ को साँघुरो अन्तरले हरायो ।
सिनियर ब्वाइजमा किङडमले जिनियस वल्डलाई ४६-३५ तथा न्युटनले भ्याली पब्लिकलाई ५८-४५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । किङङमका मिङमा लामाले २० तथा न्युटनका उज्ज्वल श्रेष्ठले २१ स्कोर गरे ।
जुनियर ब्वाइजमा जेबी स्कुल सेमिफाइनलमा पुग्यो । जेबीले लालीगुराँस नेसनल एकेडेमीलाई १९-१३ ले पन्छायो । जेबीका गौरव ओलीले ११ अंक जोडे ।
