काठमाडौं । दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ ।

आयोजक हिमालयन फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ १२ र १३ गते हुने जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने छ। उपविजेतालाई भने एक लाख रुपैयाँ दिइने क्लबका अध्यक्ष विनोद कार्कीले बताए । यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट म्यानेजर र उत्कृष्ट प्रशिक्षकलाई समान ५ हजार रुपैयाँ दिइने उनले जानकारी दिए ।

टिम दर्ताको लागि ५ गतेसम्म मिति तय गरिएको छ। टिम दर्ताको लागि १५ हजार तोकिएको छ । खेल तालिका भदौ १० गते सार्वजनिक हुने बताइएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाभन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *