नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिबार मिनी अक्सन सम्पन्न भएको छ ।

ललितपुरस्थित रोयल टुलिपमा अक्सनमा शनिबार ‘ए’, ‘बी’ र ‘सी’ क्याटेगोरीका १६४ खेलाडीमाथि ८ वटा फ्रेन्चाइज टिमले बोली लगाएका थिए ।

जसमा क्याटोगरी ‘ए’ मा ९ जना, क्याटोगरी ‘बी’ मा ३७ र क्याटोगोरी सी मा ११८ खेलाडी रहेका थिए । आठ टोलीले १६४ खेलाडीबाट ३७ खेलाडी किनेका हुन् ।

जसमा चितवन राइनोजले सर्वाधिक रकम खर्च गरेको छ । चितवनले सार्वधिक ३९ लाख खर्च गरेको हो । चितवनको पर्समा १९ लाख रुपैयाँ बाँकी छ ।

त्यस्तै, पोखरा एभेन्जर्सले भने सबैभन्दा थोरै खर्च गरेको छ । उसले ११ लाख खर्च गर्दा २५ लाख ५० हजार रुपैयाँ जोगाएको छ ।

शनिबार सम्पन्न मिनी अक्सनमा ४ खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ । क्याटेगोरी ए मा रहेका खेलाडीहरु मोहमद आदील आलम, देव खनाल, अर्जुन साउद र पवन सराफ सबैभन्दा महँगो रुकम १५ लाखमा सोल्ड भएका हुन् ।

क्याटेगोरी ‘ए’ मा रहेका खेलाडीको बेस प्राइस १० लाख र अधिकतम १५ लाखसम्म थियो । त्यसमा यी खेलाडीलाई अधिकतम बोली लागेको थियो । क्याटेगोरी ‘बी’ मा रहेका खेलाडीको बेस प्राइज ५ लाख र अधिकतम मूल्य १० लाख थियो । त्यस्तै क्याटेगोरी ‘सी’ मा रहेका खेलाडीको बेस प्राइज २ लाख र अधिकतम ५ लाख थियो ।

अक्सनपछि कस्तो देखियो टिम?

जनकपुर बोल्ट्स
रिटेन भएका : आसिफ शेख (मार्की खेलाडी), अनिल कुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार, तुल बहादुर थापा
अक्सनबाट खरिद भएका : विकास आग्री (२ लाख), सन्दीप कुमार खत्री क्षेत्री (२ लाख), दीपक बोहोरा (२ लाख), मिलन बोहोरा (५ लाख)

सुदूरपश्चिम रोयल्स
रिटेन गरिएका : दीपेन्द्र सिंह ऐरी (मार्की खेलाडी), आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहोरा, इशान पाण्डे, नरेन साउद
अक्सन : टेक रावत (२ लाख), दिपेन्द्र थापा (२ लाख), हेमन्त धामी (१० लाख), दीपक बोहरा (५ लाख)र मिलन बोहरा (५ लाख)

कर्णाली याक्स
रिटेन गरिएका : सोमपाल कामी (मार्की खेलाडी), नन्दन यादव, गुलशन झा, अर्जुन घर्ती, दीपेन्द्र रावत, यूनिश विक्रम सिंह ठकुरी र विपिन शर्मा
अक्सनबाट खरिद भएका : पवन सर्राफ (१५ लाख), युवराज खत्री (१० लाख), इम्रान शेख (२ लाख) र दीपक डुम्रे (२ लाख)

चितवन राइनोज
रिटेन गरिएका : कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह राउटेला, दिपक बाहोरा, गौतम केसी
अक्सनबाट खरिद भएका : देव खनाल(१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (५ लाख), विपिन आचार्य (२ लाख), रञ्जित कुमार (२ लाख)

काठमाडौं गोर्खाज
रिटेन भएका : करण केसी (मार्की खेलाडी), राशिद खान, शाहब आलम, भीम सार्की, दीपेश कंडेल, प्रतिक श्रेष्ठ
अक्सनबाट खरिद भएका : आदिल अन्सरी (१५ लाख), सन्तोष यादव (१० लाख), आकाश त्रिपाठी (७ लाख), उत्तम रंगु थापा मगर (३ लाख) र तुलबहादुर थापा (२ लाख)

विराटनगर किंग्स
रिटेन भएका : सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेस बम, प्रतिस जिसी, बसिर अहमद, सुवास भण्डारी, नरेन भट्ट
अक्सनबाट खरिद भएका : सूर्य तामाङ (१० लाख) शाहिल पटेल (५ लाख), नारायण जोशी (५ लाख), सर्वण किस्कु (२ लाख) र शंकर राना (५ लाख)

पोखरा एभेन्जर्स
रिटेन भएका : कुशल भुर्तेल (मार्की खेलाडी), सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, विपिन खत्री, दिनेश खरेल, तृत राज दास
अक्सनबाट खरिद भएका : अभिषेक तिवारी (२ लाख), अर्जुन कुमाल (५ लाख), कृष्ण पौडेल (२ लाख) र सन्दीप कुमार क्षेत्री (२ लाख)

लुम्बिनी लायन्स
रिटेन भएका : रोहित कुमार पौडेल (मार्की खेलाडी), विवेक कुमार यादव, सन्दीप जोरा, तिलक राज भण्डारी, दिनेश अधिकारी, अभिशेष गौतम
अक्सनबाट खरिद भएका : दिलिप नाथ (१० लाख), विशाल पटेल (५ लाख), शेर मल्ल (१० लाख), दुर्गेश गुप्ता (५ लाख), आदिल खान (२ लाख)

Leave a Reply

Your email address will not be published. Required fields are marked *