दक्षिण अफ्रिकाले कप्तान वियान मुल्डरको कीर्तिमानी तेहेरो शतकमा घरेलु टोली जिम्बाब्वेविरुद्धको टेस्ट सिरिज जितेको छ ।
दोस्रो टेस्टमा मंगलवार इनिङ र २ सय ३६ रनले जित्दै सिरिज दक्षिण अफ्रिकाले सिरिज २-० ले आफ्नो पक्षमा पार्यो ।
दक्षिण अफ्रिकाले पहिलो इनिङमा ५ विकेट गुमाएर ६ सय २६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो। त्यसपछि जिम्बाब्वे पहिलो इनिङमा १ सय ७० रनमा समेटिए पछि फलोअनमा परेको थियो ।
लगत्तै दोस्रो इनिङको सुरुवात गरेको जिम्बाब्वे २ सय २० रनमा अलआउट भएपछ दक्षिण अफ्रिकाले फराकिलो निकालेको हो ।
मुल्डर टेस्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक व्यक्तिगत रन बनाउँनेमा पाँचौ स्थानमा रहे। टेस्टमा एकै इनिङमा बनाएको सर्वाधिक रन वेस्ट इण्डिजका ब्रायन लाराको नाममा रहेको छ । लाराले सन् २००४ मा इङ्ग्ल्याण्डविरुद्ध अविजित ४ सय रन बनाएका थिए ।
मुल्डर कम बलमा ३ सय रन पूरा गर्ने दोस्रो खेलाडी बने । उनले २ सय ९७ बलमा ३ सय रन पूरा गरेका थिए। यो सूचीको पहिलो स्थानमा रहेका भारतका वीरेन्द्र सेहवागले २ सय ७८ बलमा ३ सय रन पूरा गरेका थिए ।
मुल्डर कप्तानको रुपमा एकै इनिङमा ३ सय रन पूरा गर्ने पहिलो क्रिकेटर समेत बनेका छन् ।
