टोखा प्याब्सनको आयोजनामा अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन लिग चरणका खेल भयो ।

प्रतियोगिताअन्तर्गत टोखा-८ स्थित प्रिमियर फुटसल मैदानमा सिनियर ब्वाइजका खेल सञ्चालन भए भने गोंगबुस्थित काठमाडौं ग्लोबल स्कुलमा जुनियर ब्वाइज र ओपन गल्सतर्फका प्रतिस्पर्धाहरू सम्पन्न भए ।

सिनियर ब्वाइजतर्फ १४ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम र ओपन गल्सतर्फ ८ टिमले सहभागिता जनाउँदै आ-आफ्ना प्रतिस्पर्धीसँग खेलेका थिए प्रतियोगिताका संयोजक दिपेन्द्र थापाका अनुसार लिग चरणका खेलहरू समापन भएपछि नकआउट चरण र फाइनलको तालिका सार्वजनिक गरिने छ ।

प्रतियोगिताको टोखा– १० का वडा अध्यक्ष मचाकाजी महर्जन र प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरुण केसीले संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन समारोहमा काठमाडौं ग्लोबल स्कुलका विद्यार्थीले आकर्षक साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *