दुहबी । सुनसरीको दुहबीमा जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा संयुक्त युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरियास्थित श्री जनता माविको खेलमैदानमा बुधबार भएको पहिलो क्वार्टरफाइनल खेलमा जनचेतना युवा क्लबलाई २-१ गोलअन्तरले हराउँदै संयुक्त अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै संयुक्तले २-१ को पुनरागमन जित निकालेको हो । खेलको १९औं मिनेटमा निश्चल चौधरीको गोलमा जनचेतनाले अग्रता लिएको थियो । तर, जनचेतनाले उक्त अग्रता कायम राख्न सकेन ।

खेलको ३९औं मिनेटमा कबिन्द्र चौधरीले गोल गर्दै संयुक्तको अग्रता दोब्बर पारे । त्यसको ५ मिनेटपछि कबिन्द्रले ब्यक्तिगत दोस्रो गोल गरेपछि संयुक्त २-१ ले विजयी भयो ।

खेलको म्यान अफ दि म्याच निर्णायक दुई गोलकर्ता कबिन्द्र चौधरी घोषित भए । उनले नगद ११०० र ट्रफी प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आज बिहिवार जनपथ फुटबल ट्रेनिङ्ग सेन्टर र युथ इलाभेन फुटबल क्लबबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार तथा उपविजेताले नगद २१ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल असार ३२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *